Breaking

Post Top Ad

Your Ad Spot

Monday, October 15, 2018

मिस नेपालमा, निश्माबारे थाहा पाउनुस्

मिस नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धीका रुपमा निश्मा चौधरी छनौट भएकी छन्। सुनसरी दुहबी घर भएकी २१ वर्षीया निश्मा काठमाडौं अनामनगरमा बस्दै आएक छिन्। मिस नेपालको २१ वर्षे इतिहासमा थारु समुदायको दोस्रो प्रतिनिधिको रुपमा निश्मा छनौट भएकी छन्। यसअघि शिवानी सिंह थारु मिस नेपालमा सहभागी बनेकी थिइन्।
निश्मा साइक्लोजी विषय लिएर स्नातक दोस्रो वर्षमा पढ्दैछिन्। मिस नेपाल आफ्नो लागि ठूलो पल्याटफर्म भएको निश्माले बताइन्। मिस नेपालमा आएर आफ्नो क्षमता प्रस्तुत गर्नुका साथै यहाँबाट धेरै कुरा सिकिरहेको उनले बताइन्। उनले मिस नेपालको उपाधिले धेरै कुराको महत्व राख्ने भएकाले जित्ने कोसिस रहने बताइन्। यद्यपि ताज जित्‍न नसके पनि आफ्नो पढाइ र करियरलाई निरन्तरता दिने सोँच उनले बनाएकी छन्।

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot